TharuExpress
समाचार

सर्लाहीमा ९५ थान नक्कली नोटसहित युवक पक्राउ

सर्लाही २५ मंसिर।
सर्लाहीको बिष्णु गाउँपालिका–६ स्थित प्रहरी चेकपोस्टमा बुधबार राति चेकजाँचका क्रममा ९५ थान नक्कली नेपाली नोटसहित एक जना युवक पक्राउ परेका छन्। करिब ९ बजे भारततर्फबाट सिमरातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकललाई जाँच गर्दा चालक सर्लाही कौडेना गाउँपालिका–५ छपकैया निवासी ३० वर्षीय फिरोज खानको गोजीबाट हजार रुपैयाँका ९५ थान नक्कली नोट बरामद भएको प्रहरीले जानकारी दिएको छ।
नक्कली रकमसहित खानलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

नेपाल हिन्द रेडियो स्रोतासंघ परिवार द्वरा होली मिलन समाहारोह कार्यक्रम भब्य रुपमा सम्पन

थारु एक्सप्रेस

अभिभावकाहरुले वृद्धि गरिएकाे शुल्क नतिरेपछि विद्यालयले संचालन गरेकाे परिक्षाकाे नतिजा रोकियो

थारु एक्सप्रेस

पर्साको जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउ

थारु एक्सप्रेस