TharuExpress
समाचार

पर्साकाे पटेर्वा सुगाैलीबाट गाँजासहित दुई जना पक्राउ

वीरगन्ज, भदौ २५

 

पर्साकाे पटेर्वा सुगाैली गाउँपालिका वडा नम्बर ४ बाट प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले बुधबार राति १८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको हाे।

content left

पक्राउ पर्नेहरूमा पटेर्वा सुगौली वडा नम्बर ४ का सुरज यादव र दुःखी महतो नुनिया रहेका छन्।

घटनामा संलग्न अन्य तीन जना प्रहरी टोलीलाई देखेपछि फरार भएका छन्। फरार व्यक्तिहरूको पहिचान भइसकेको र अनुसन्धान प्रभावित नहोस् भनेर नाम गोप्य राखेर खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

भूमि आयोग पर्साको अभिमुखीकरण, सहजीकरण समिति र सेवा केन्द्र स्थापना ठोरीमा हुने

थारु एक्सप्रेस

भारतीय कुखुराका ४ हजार ५ सय चल्ला पर्सामा बरामद, तस्कर फरार

थारु एक्सप्रेस

पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट कारको डिकीमा ११४ किलो २५ ग्राम गाँजा बरामद, एक युवक पक्राउ

थारु एक्सप्रेस