TharuExpress
समाचार

वीरगंज महानगरलाई नौ बैंकद्वारा ९ थान कम्प्युटर सहयोग

बीरगंज, पर्सा २४ मंसिर।
वीरगंज महानगरपालिकालाई यहाँका नौ बैंकहरू—एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन इन्टरनेशनल र प्राइम कमर्सियल बैंक—ले एक–एक थान गरी ९ कम्प्युटर सहयोग गरेका छन्।
‘जेन्जी’ आन्दोलनका क्रममा कार्यालयका सामग्री नष्ट भई सेवाप्रवाह प्रभावित भएको अवस्थामा महानगरका सद्भावना दूत अशोक वैद्यको पहलमा सहयोग गरिएको हो।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख राजेशमान सिंहले संकटमा साथ दिएको बैंकहरूलाई धन्यवाद व्यक्त गर्दै यसले महानगरलाई फेरि अघि बढ्ने हिम्मत दिएको बताए। बैंकर एसोसिएशन पर्साका संयोजक रोहिणी आचार्यले नगरसेवामा सहयोग गर्नु बैंकहरूको नैतिक दायित्व रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

पर्साको जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउ

थारु एक्सप्रेस

स्वदेशमा उचित ज्याला तथा आफ्नो क्षमता आनुसार काम नपाउदा युवाशक्ति बिदेशीन बाध्य

थारु एक्सप्रेस

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

थारु एक्सप्रेस