TharuExpress
समाचार

श्रम संस्कृति पार्टीको जिल्ला समिति घोषणा तथा प्रवेश कार्यक्रम पर्साको ठोरीमा

ठोरी, पर्सा, २४ मंसिर ।
श्रम, प्रकृति र संस्कृतिमै आधारित विकासको अवधारणा अघि बढाउँदै आएको श्रम संस्कृति पार्टीले पर्सा जिल्लामा जिल्ला समिति घोषणा तथा पार्टी प्रवेश कार्यक्रम आगामी पुस ६ गते आयोजना गर्ने भएको छ।

कार्यक्रम ठोरी–५ स्थित ठूलो बाघमोर्चा माई मन्दिर परिसरमा बिहान ११:०० बजे सुरु हुने पार्टीका जिल्ला संयोजक प्रताप पाख्रिनले जानकारी दिए। उनका अनुसार कार्यक्रम पार्टीका अध्यक्ष तथा धरान नगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन हुनेछ।

जेनजी समूहका युवाहरू, स्थानीय राजनीतिक व्यक्तिहरू, श्रमिक समूह तथा किसान प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको संयोजक पाख्रिनले बताए।

content left

“म श्रमदाता” भन्ने मुख्य नारासहित अघि बढ्न लागेको उक्त कार्यक्रममार्फत श्रम, प्रकृति, संस्कृति र प्रविधिको समन्वयमार्फत देश निर्माणमा सबैलाई सक्रिय भूमिकाका लागि आह्वान गरिने पार्टीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

‘गुलाब एकता युवा क्लब”द्वरा पर्साको समुदायक भवनमा १ दिने निशुल्क आँखा शिविर  कार्यक्रम सम्पन

थारु एक्सप्रेस

अविनाश चौधरीलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

थारु एक्सप्रेस

निर्माणाधीन कल्भर्टको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

थारु एक्सप्रेस