TharuExpress
समाचार

पोखरिया विद्यूत प्राधिकरणले चूहावट गर्ने ४९०जना सेवा ग्राहीलाई कार्यवाही

दिनेश मिश्र, श्रावण १९  । पर्सामा पोखरिया विद्यूत प्राधिकरणले १४ वटा पालिका मध्ये पर्सागढी को वडा नं.५,६,७ बाहेक १३वटा पालिकामा विद्यूतको सेवा दिइरहेको छ । कूल सेवाग्राहीको जनसंख्या ३८००० रहेको छ । आर्थिक वर्ष ०७८।०७९ मा ४,७२,७८,४१२ यूनिट खपत गर्न पाएकोमा ३,५८,८७,५६० यूनिट सेवाग्राहीलाई विक्री गरेर रु.३०,१५,७२,६४२।०० आम्दनी गरेको छ । गत वर्ष ०७७।०७८ मा २८.०४प्रतिशत ले चूहावट भएको थियो भन्ने आ.व.०७८।०७९ लक्ष्य २३.१६ प्रतिशत राखेकोमा २४.०९प्रतिशत चूहावट भएको छ । आर्थिक वर्ष ०७७।०७८ भन्दा आ.व.०७८।०७९ मा ३.९५प्रतिशत ले कमि आएको छ । चूहावट गर्ने ४९०जना सेवाग्राहीबाट २,६०,३९४ यूनिट चूहावट भएकोमा ५२लाख ३६हजार ५सय ८२रुपैया असूल गरिएको सूचना अधिकारी सूरेश मूखियाले जानकारी दिनूभयो ।

विद्यूत शूल्क नतिर्दा ९४७जना सेवाग्राहीबाट ९करोड ५लाख ५०हजार ३सय ६६रुपैया बक्यौता थियो त्यसमध्ये ५४३जना सेवाग्राहीबाट ३करोड ४लाख ९७हजार ६सय सतरी रुपैया तिरेपाछि विद्यूत लाइन पूनः जडान गरिएको छ । ४४७जना कालोपाटी (Black List) गरिएकोमा १०जना ले ५लाख ४६हजार ३सय पैतिस रुपैया तिरेपछि ४३७जनालाई लाइन नै नदिने गरि कालोपाटी (Black List) गरिएको छ । पोखरिया विद्यूत प्राधिकरणले ३७लाख ५० हजार मरम्मत संभारमा खर्चेको छ ।

content left

पोखरिया विद्यूत प्राधिकरणले ३०१ वटा बन्द रहेको मिटर बदली गरेको छ भने ६३४८ वटा मिटर पूनः शिलबन्दी गरेको छ । ४००भोल्ट÷२२०भोल्ट को ५२.८९ किलोमिटर लाइन विस्तार भएको छ। ११ केभिए को २१.३५ किलोमिटर लाइन विस्तार भएको भने पोखरिया देखि सेढवासम्म ३३ केभिए को १८किलोमिटर लाइन विस्तार गरेको छ । पर्सा जिल्लामा २वटा सव स्टेशन थियो तर सेढवामा थप सब स्टेशन जडान भएपछि त्याहाका सेवाग्राहीलाइ सूविधा भएको सेढवाका एक जना स्थानीयले जानकारी गराउनू भयो । नेपाल विद्यूत प्राधिकरणले ४ वटा टान्सफरमर नया जडान गरेको छ । त्यस्तै व्यतिmगत ४वटा टान्सफरमर नया ग्राहकलाई जडान गरेको छ ।

सूचना अधिकारी सूरेश मूखियाका अनूसार पोखरिया विद्यूत प्राधिकरणले आफनै परिसरमा कर्मचारीहरुको व्यतिगत खर्चमा मन्दिरको निमार्ण हून लागेको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

११ जनामा गरीएको पिसिआर परीक्षणमा ५ जनामा संक्रमण पुष्टि

थारु एक्सप्रेस

माघी मूल समारोह वीरगंजद्वारा माघी महोत्सव कार्यसमिति गठन….

थारु एक्सप्रेस

पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट कारको डिकीमा ११४ किलो २५ ग्राम गाँजा बरामद, एक युवक पक्राउ

थारु एक्सप्रेस