पर्सा पुष ८ प्रत्यक बर्ष झै मनाइदै आइरहेको माघी महोत्सव यस बर्ष पनि धुमधामका साथ मनाइने भएको छ।
माघी मूल समारोह वीरगंज द्वारा माघी महोत्सव कार्यसमिति गठन गरिएको छ।हरेक साल माघ १ गते मनाइदै गरेको माघी महोत्सव यस बर्ष पनि यहि आउदो माघ १गते नै विभिन्न कार्यक्रम गर्ने योजना बनाइएको मंन्चब्यवस्थापन संयोजक मनोज चौधरीले जानकारी गराउनु भएको हो।
वीरगंज बसोबास गर्दै आइरहेको थारु समुदायको थारुहरु विशेष गरि पर्सा बारा र रौतहटका थारुहरु एकै ठाउमा नया बर्षको रुपमा माघी महोत्सव विभिन्न कार्यक्रमहरु गरि मनाइदै आइरहेका छन।
थारु कल्याणकारणी केन्द्रिय पार्सद नन्दकिशोर पन्जियारको अध्यक्षतामा बसेको बैठकमा निन्म बमोजिमको कार्यसमिति गठन गरिएको छ।
कार्यक्रम संयोजक:प्रबिन चौधरी
आर्थिक संयोजक:प्रमानन्द चौधरी
सास्कृतिक संयोजक:बिजिया ओझैया
प्रचार प्रसार संयोजक: प्रकाश थारु
मंन्च ब्यवस्थापन संयोजक:मनोज चौधरी
सुरक्षा ब्यवस्थापन संयोजक:बिकाश चौधरी
प्रभातफेरि संयोजक:अमय दास थारु
