TharuExpress
खेलकुद राष्ट्रिय समाचार समाज स्थानिय

सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता हुने

जीतपुर,१३ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता कार्तिक ६ गते देखि हुने भएको छ ।

कार्तिक ६ गतेदेखि सुरु हुने प्रतियोगिता कार्तिक १० गते सम्म सञ्चालन हुने आयोजक नव जनजागृती भेट्रान क्लबका ‘सचिव राम प्रसाद पाठकले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टिमले रु.१ लाख रुपैयाँ,दोस्रो हुनेले ५० हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने छ । सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित १३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

content left

क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कपमा पोखरा भेट्रान,धरान भेट्रान,काठमाडौं भेट्रान,त्रिभुवन आर्मी क्लब भेट्रान,चितवन भेट्रान,हेटौंडा भेट्रान,बिरगंज भेट्रान गरि २० वटा भेट्रान क्लब सहभागी हुने नवजन जागृति भेट्रान क्लबले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा क्रियटिभ डिजिटल प्राली रहेको छ भने मुख्य सहयोगिको संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र नवजन जागृति क्लब सिमरा रहेको छ।

नव जनजागृति भेट्रान क्लबले आयोजना गरेको पत्रकार सम्मेलन त्रियटिभ डिजिटल प्रालिका अध्यक्ष कमल बाबू चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ का वडाध्यक्ष धन बहादुर श्रेष्ठ,मधेश प्रदेश फूटबल संघका कोषाध्यक्ष शम्भु सिंह ठकुरी,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

माघी मूल समारोह वीरगंजद्वारा माघी महोत्सव कार्यसमिति गठन….

थारु एक्सप्रेस

श्रम संस्कृति पार्टीको जिल्ला समिति घोषणा तथा प्रवेश कार्यक्रम पर्साको ठोरीमा

थारु एक्सप्रेस

पर्सा क्षेत्र नम्बर ४ मा माओवादीबाट ठोरीका टेकबहादुर शाक्य ( अन्जन शाक्य) सिफारिस

थारु एक्सप्रेस