TharuExpress
खेलकुद राष्ट्रिय समाचार समाज स्थानिय

सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता हुने

जीतपुर,१३ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता कार्तिक ६ गते देखि हुने भएको छ ।

कार्तिक ६ गतेदेखि सुरु हुने प्रतियोगिता कार्तिक १० गते सम्म सञ्चालन हुने आयोजक नव जनजागृती भेट्रान क्लबका ‘सचिव राम प्रसाद पाठकले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टिमले रु.१ लाख रुपैयाँ,दोस्रो हुनेले ५० हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने छ । सिमरा रंगशालामा हुने प्रतियोगितामा अनुमानित १३ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

content left

क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कपमा पोखरा भेट्रान,धरान भेट्रान,काठमाडौं भेट्रान,त्रिभुवन आर्मी क्लब भेट्रान,चितवन भेट्रान,हेटौंडा भेट्रान,बिरगंज भेट्रान गरि २० वटा भेट्रान क्लब सहभागी हुने नवजन जागृति भेट्रान क्लबले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा क्रियटिभ डिजिटल प्राली रहेको छ भने मुख्य सहयोगिको संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र नवजन जागृति क्लब सिमरा रहेको छ।

नव जनजागृति भेट्रान क्लबले आयोजना गरेको पत्रकार सम्मेलन त्रियटिभ डिजिटल प्रालिका अध्यक्ष कमल बाबू चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ का वडाध्यक्ष धन बहादुर श्रेष्ठ,मधेश प्रदेश फूटबल संघका कोषाध्यक्ष शम्भु सिंह ठकुरी,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

तेलि कल्याण समाजद्वारा स्वजातिय जनप्रतिनिधिहरुलाई सम्मान

ranjityadav

आज दशैँको मुख्य दिन, विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

थारु एक्सप्रेस

मोटरसाईकल दुर्घटना हुदा बीरगंजमा दुई जनाको मृत्यु

थारु एक्सप्रेस