वीरगंज ७ चैत पुनम चौधरी / बिश्व मुख स्वास्थ दिवशको अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले बुधबार आज दात मुख चेक जाचमा निशुल्क O.P.D सेवा संचालन गरेको छ l
बिश्व मुख स्वास्थ दिवशको अवसरमा चैत्र १ गते देखि एक महिनाको लागि O.P.D सेवा निशुल्क गर्नुको साथै एक महीनाको लागि मुख र दातको सम्पूर्ण चेक जाचमा १०प्रतिशत छुट दिने घोषणा गरेको छ l मुख र दातको समस्याले स्वास्थ प्रतिकुल असर पर्ने हुनाले मुख र दातको समस्यालाई उपचारको माध्यम बाट यथासिघ्र निराकरण गर्नु पर्ने डा. कौशल कुमार सिंह भनेका छन l
उहाले विशेष गरी गर्भवती महिलामा मुखको तथा दातको समस्याले जन्मिने बच्चाको स्वस्थमा प्रतिकूल असर पर्ने बताएका छन l सकभर फलफुल र काचो सलाद खानाले मुख र दातको समस्या कम हुने बताएका छन l
साथै बच्चाहरुलाई दातमा टासिने बस्तु जस्ते चकलेट चिगम नदीन सलाह डा. सिंह ले दिएका छन l दात र मुखको समस्या बाट बच्न खाना खाने बितिकै ब्रस गर्न उच्चित हुने बताएका छन l अन्तमा उनले हेल्थी माउथ फॉर हेल्थी बॉडीमा जोड़ दिएका थिए l
