TharuExpress
मुख्य समाचार समाज स्थानिय

रौतहटको चन्द्रपुर नगरपालिका ३ मा जिपको ठक्करबाट एक युवकको मृत्यु

 

वीरगन्ज ,१९ असाेज : रौतहटको चन्द्रपुर नगरपालिका ३ गैडाटार गाउँमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

गैंडाटारबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको प्र.२–०३–००१ च १९४४ नम्बरको पिकअप जिपले मंगलबनर राति ठक्कर दिदा पैदल यात्री स्थानिय ३३ वर्षिय ईमान सिंह थिङको मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले बताए । दुर्घटना लगत्तै जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

content left

प्रहरीका अनुसार जिपको ठक्करबाट घाईते थिङलाई तत्कालै उपचारको लागि चन्द्रनिगाहपुर अस्पतालमा लगिएकाेमा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकका आफन्तले आफ्नै साईडमा हिडेका थिङलाई चालकको लापरबाहीले गलत दिशामा पुगेर ठक्कर दिएको बताएका छन्।

प्रहरी नायब उपरीक्षक जैसवारले पिकअप चालक चन्द्रपुर ६ तल्लोबजारका किशोर साह बानियालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे बताए ।

 

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

छात्रालाइ यौन र्दुव्यवहार गर्ने अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँ पक्राऊ

थारु एक्सप्रेस

वीरगन्जमा आज करेन्ट लागेर एक जनाको मृत्यु

थारु एक्सप्रेस

राष्ट्रपतिबाट नागरिता विधेयक फिर्ता भएको विरुद्धमा बीरगंजमा विरोध प्रदर्शन

थारु एक्सप्रेस