TharuExpress
मुख्य समाचार समाज स्थानिय

रौतहटको चन्द्रपुर नगरपालिका ३ मा जिपको ठक्करबाट एक युवकको मृत्यु

 

वीरगन्ज ,१९ असाेज : रौतहटको चन्द्रपुर नगरपालिका ३ गैडाटार गाउँमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

गैंडाटारबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको प्र.२–०३–००१ च १९४४ नम्बरको पिकअप जिपले मंगलबनर राति ठक्कर दिदा पैदल यात्री स्थानिय ३३ वर्षिय ईमान सिंह थिङको मृत्यु भएको ईलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले बताए । दुर्घटना लगत्तै जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

content left

प्रहरीका अनुसार जिपको ठक्करबाट घाईते थिङलाई तत्कालै उपचारको लागि चन्द्रनिगाहपुर अस्पतालमा लगिएकाेमा चिकित्सकले मृत घोषित गरेका थिए । मृतकका आफन्तले आफ्नै साईडमा हिडेका थिङलाई चालकको लापरबाहीले गलत दिशामा पुगेर ठक्कर दिएको बताएका छन्।

प्रहरी नायब उपरीक्षक जैसवारले पिकअप चालक चन्द्रपुर ६ तल्लोबजारका किशोर साह बानियालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे बताए ।

 

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिदाई कार्यक्रमको साथै अभिमुखिकरण कार्यक्रम सम्पन

थारु एक्सप्रेस

ठोरी वृद्ध आश्रममा नयाँ शौचालय निर्माण सुरु, उपकार सेवा नेपाल र लायन्स क्लबको सहयोग

थारु एक्सप्रेस

गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइँदै

थारु एक्सप्रेस