TharuExpress
समाचार स्थानिय

पहिरोले बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउन समय लागने

 

 

 

 

 

 

 

 

 

काठमाण्डाै १६ – पहिरोले बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउन समय लाग्ने भएको छ । आज बिहान साढे ५ बजेतिर खसेको पहिरो हटाउन दिउँसोसम्म नै लाग्न सक्ने चितवन प्रहरीले जनाएको छ । विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खसेको छ । सडक बन्द भएपछि गाडीको लामो लाइन लागेको छ ।

 

content left

 

चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान लेदोसहितको पहिरो खसेको छ । त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

केराबारीको पहिरो पन्छाउन ४/५ घण्टा लाग्ने र १८ किलोको पहिरो ३ घण्टामा हटाउनेगरी काम थालिएको प्रहरीको भनाइ छ । चितवनको इच्छाकामना गाउँपालिका–६ पाँच किलोमा पनि ढुङ्गा खसेको छ । यसअघि मंगलबार राति खसेको पहिरो हटाएर हिजो बिहान साढे ८ बजेदेखि मुग्लिन नारायणगढ सडकखण्ड खुलाइएको थियो । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जना पक्राउ

थारु एक्सप्रेस

श्रोत नखुलेको रकम सहित जान पक्राउ

थारु एक्सप्रेस

छठपर्व ब्रतालु महिलाहरूलाई साडी वितरण

थारु एक्सप्रेस