TharuExpress
समाचार

हनुमान अंश फिल्मको अवसरमा सनातन हिन्दू मोर्चाद्वारा वीरगञ्जमा लड्डु वितरण

वीरगञ्ज, ३० भदौ 

भगवान् हनुमानप्रति आस्थावान् श्रद्धालुहरूलाई लक्षित गर्दै निर्माण गरिएको ‘हनुमान अंश’ फिल्म प्रदर्शनको अवसरमा सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगरपालिका समितिले वीरगञ्जमा लड्डु वितरण गरेको छ।

ऋषिपञ्चमी पर्व तथा गणेश चतुर्थीको दोस्रो दिनको अवसर पारेर मोर्चाले ऐतिहासिक हनुमान मन्दिर महावीर स्थानमा सामूहिक पूजापाठ गर्दै ‘जय श्रीराम, जय सियाराम, जय हनुमान’ को नारासहित विभिन्न स्थानमा लड्डु वितरण गरेको हो।

content left

मोर्चाले महावीर स्थान आसपासका क्षेत्रसँगै बाइपास रोडस्थित ए–म्याक्स सिनेमा हल, मुर्लीस्थित त्रिमूर्ति सिनेमा हल, वीरगञ्ज न्यूरो अस्पतालका कुरुवा, शक्तिपीठ श्री गहवामाई मन्दिर क्षेत्र तथा विभिन्न गणेश पूजा स्थलमा लड्डु वितरण गरेको जनाएको छ।

सनातन हिन्दू मोर्चा वीरगञ्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ताको अगुवाइमा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोष पटेल, केन्द्रीय सदस्यहरू योगेन्द्र प्रसाद कलवार, अरविन्द कुमार मदनवाल, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, वीरगञ्ज नगर समितिका मन्त्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली तथा नगर सदस्यहरू सागर साह, विकी साह, सुमित श्रीवास्तव, निरञ्जन कुशवाहा र कृष्ण मोहन वर्णवाल लगायतको उपस्थिति थियो।

मोर्चाले पृथ्वीमा आज पनि जीवित रहेको धार्मिक आस्थाअनुसार भगवान् हनुमानप्रति सम्मान प्रकट गर्दै सनातन धर्म, संस्कृति र भगवान् हनुमानको कथालाई समेटेर निर्माण गरिएको ‘हनुमान अंश’ फिल्मको सम्पूर्ण निर्माण टोलीप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रमका क्रममा करिब ३०० पिस अर्थात् १२ किलोग्राम लड्डु वितरण गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सामा १७६ केजी गाँजासहित पिकअप र चालक पक्राउ

थारु एक्सप्रेस

अविनाश चौधरीलाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

थारु एक्सप्रेस

पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु

थारु एक्सप्रेस