TharuExpress
समाज स्थानिय

स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जना पक्राउ

 

नकपुरधाम कार्तिक ५ : स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सुनसरीको ईनारुवा नगरपालिका ६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

content left

मंगलबार राति प्र–०१–०२–०४६ प. ५६३१ नम्बरको मोटरसाईकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरस्थित नहरचोकमा पक्राउ गरिएको क्षेत्रीले जानकारी दिए । कालो रंगको झोला भित्र स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोलीले दुवै जनालाई नगदसहित नियनत्रणमा लिई अनुसन्धान पश्चात आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

थारु एक्सप्रेस

चट्याङ लागेर तीन जना महिलाको ज्यान गयो

थारु एक्सप्रेस

स्वमसेविका दिवसको अवसरमा सखुवाप्रसौनी गाउँपालिकामा प्रतियोगिता गरि दिवस मनाए

थारु एक्सप्रेस