TharuExpress
मुख्य समाचार राष्ट्रिय

मिटरव्याजीलाई कारवाहीको माँग गर्दै वीरगंजमा पत्रकार सम्मेलन, १४ लाखको ४२ लाख तिरेको पिडिको आरोप

भदौ,१५
मिटरव्याजीलाई आवश्यक कारवाहीको माँग गर्दै वीरगंजमा पिडितहरुले पत्रकार सम्मेलन गरेका छन । नेपाल पत्रकार महासंघको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा पिडितहरु सुनैना देवी,जुगल किसोर यादव र किसोरी प्रसाद यादवले आवश्यक कारवाहीको माँग गरेका हुन । रौतहट मौलापुर २ सोनरनिया निवासी ७३ बर्षिय पिडित सुनैना देवीले आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ३ हाल कलैया घुसुकपुर निवासी मिटरव्याजी अनिल कुमार प्रियदर्शीका कारण आफनो परिवारको उठीबास भएको आरोप लगाईन । उनले २०७६ सालमा आफनो छोरा दयांशकरले १४ लाख कर्जा लिएकोमा सो १४ लाखको हाल सम्म ४२ लाख तिरिसक्दा पनि अझै ऋण बाकी नै रहेको पिडित सुनैना देवीले बताईन । उनले सो कर्जा तिर्न १२ कठा जग्गा बेचेको र दुई बिगहा जग्गा धितो राखेको जानकारी दिईन । उनले सरकारी शिक्षक समेत रहेका मिटर व्याजी प्रियदर्शीले आफनो छोरा संग १० ओटा चेकमा साईन गराई चेक बाउन्स गराई छोरालाई जेलमा थुन्न लगाएको बताईन । यसैगरी महागढीमाई नगरपालिका वडा नम्बर ७ बस्ने किसोरी प्रसाद यादव पनि मिटरव्याजरी अनिल कुमार प्रियदर्शी बाट नै पिडित रहेको जानकारी गराए । यसैगरी कलैया २ निवासी युगल किसोर यादव पनि मिटरव्याजी रामदिनेश प्रसाद यादव र अनिल कुमार प्रियदर्शीलाई कारवाहीको माँग गरेका छन। उनले साँवाको तिन गुणा व्याज तिरि सक्दा पनि ऋण बाँकी नै रहेको बताएका छन । ठाकुरलाइ सात लाख साँवाको २१ लाख व्याज तिरिसक्दा पनि ऋण बाँकी नै रहेको यादवले जानकारी दिए । पिडितहरुले मिटर व्याजीले व्याजको व्याज लिएर आफुहरुलाई घर न घाटको बनाएकोले कारवाहीको माँग गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्कूलकी प्रधानाध्यापक रोमी कौरद्वरा भिभावकलाई बोलाएर सम्पूर्ण पैसा बुझाएर त्यहाँबाट आफ्नो बच्चालाई लैजान धम्की

थारु एक्सप्रेस

छात्रालाइ यौन र्दुव्यवहार गर्ने अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँ पक्राऊ

थारु एक्सप्रेस

मधेश प्रदेशमा आत्महत्याको संख्या बढ्दो, चार वर्षमा ४ हजार ५८९ जनाको मृत्यु

थारु एक्सप्रेस