TharuExpress
मुख्य समाचार राष्ट्रिय

मिटरव्याजीलाई कारवाहीको माँग गर्दै वीरगंजमा पत्रकार सम्मेलन, १४ लाखको ४२ लाख तिरेको पिडिको आरोप

भदौ,१५
मिटरव्याजीलाई आवश्यक कारवाहीको माँग गर्दै वीरगंजमा पिडितहरुले पत्रकार सम्मेलन गरेका छन । नेपाल पत्रकार महासंघको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा पिडितहरु सुनैना देवी,जुगल किसोर यादव र किसोरी प्रसाद यादवले आवश्यक कारवाहीको माँग गरेका हुन । रौतहट मौलापुर २ सोनरनिया निवासी ७३ बर्षिय पिडित सुनैना देवीले आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ३ हाल कलैया घुसुकपुर निवासी मिटरव्याजी अनिल कुमार प्रियदर्शीका कारण आफनो परिवारको उठीबास भएको आरोप लगाईन । उनले २०७६ सालमा आफनो छोरा दयांशकरले १४ लाख कर्जा लिएकोमा सो १४ लाखको हाल सम्म ४२ लाख तिरिसक्दा पनि अझै ऋण बाकी नै रहेको पिडित सुनैना देवीले बताईन । उनले सो कर्जा तिर्न १२ कठा जग्गा बेचेको र दुई बिगहा जग्गा धितो राखेको जानकारी दिईन । उनले सरकारी शिक्षक समेत रहेका मिटर व्याजी प्रियदर्शीले आफनो छोरा संग १० ओटा चेकमा साईन गराई चेक बाउन्स गराई छोरालाई जेलमा थुन्न लगाएको बताईन । यसैगरी महागढीमाई नगरपालिका वडा नम्बर ७ बस्ने किसोरी प्रसाद यादव पनि मिटरव्याजरी अनिल कुमार प्रियदर्शी बाट नै पिडित रहेको जानकारी गराए । यसैगरी कलैया २ निवासी युगल किसोर यादव पनि मिटरव्याजी रामदिनेश प्रसाद यादव र अनिल कुमार प्रियदर्शीलाई कारवाहीको माँग गरेका छन। उनले साँवाको तिन गुणा व्याज तिरि सक्दा पनि ऋण बाँकी नै रहेको बताएका छन । ठाकुरलाइ सात लाख साँवाको २१ लाख व्याज तिरिसक्दा पनि ऋण बाँकी नै रहेको यादवले जानकारी दिए । पिडितहरुले मिटर व्याजीले व्याजको व्याज लिएर आफुहरुलाई घर न घाटको बनाएकोले कारवाहीको माँग गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र नेकपा एमाले विचको प्रतिष्पर्धा रोचक बन्दै

थारु एक्सप्रेस

भाथामा भर्याङ्गको रेलिङ्ग भाचिएर दुई जना बालिकाको मृत्यु भएको सामाचार गलत

थारु एक्सप्रेस

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

थारु एक्सप्रेस