TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

एकै दिन जनमत पार्टीमा एक सय भन्दा बढी प्रवेश

पर्सा १२  माघ   जनमत पार्टी वीरगन्ज महानगर वडा नम्बर -८ एकाई समिति द्वारा आयोजित भेला तथा पार्टी प्रवेश कार्यक्रममा स्थानीय प्रभावशाली नेता हिरालाल रामको नेतृत्वमा एक सय चार जना महिला एवं पुरुष विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा सनिवर   प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई कार्यकारिणी सदस्य माधव सिह, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, रम्भा मिस्र लगायतले टीका र गम्छालाई पार्टीमा स्वागत गरेका थिए।
प्रवेश गर्नेहरुमा बिजय राम,ध्रमेन्द्र राम,बिपिन राम,बच्चा प्रसाद कलवार,राम अग्या साह,पन्नादेवी,शिला देवी, राजेश राम,बाबुराम,हिरामन लगायत रहेका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भने अन्य पार्टीहरुले देशलाई दल दलमा फसाए, मुलुक टाट पल्टिने अवस्थामा पुर्याई दिएका छन् ,देशमा ब्याप्त बेरोजगारी ,अशिक्षा,भ्रस्टाचारले जडा गाडेको छ, निशुल्क शिक्षा ,स्वास्थ र स्वदेश मै मान सम्मानको साथ रोजगारीको सुनिश्चितता गर्न जनमत पार्टी एकमात्र विकल्प रहेकोले सबैलाई जनमत पार्टीमा गोलबन्द भई एक पटक मौका दिन आग्रह गरे।
वडा इकाई अध्यक्ष रामजी रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा केन्द्रिय सदस्य सिमा गुप्ता, महानगर अध्यक्ष महादेव शर्मा,महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, ब्रीजकिशोर कलवार,युवा अध्यक्ष उदय यादव , युवा दस्ता अध्यक्ष मनोज साह, युवा महानगर अध्यक्ष संजय सिह, छोटेलाल चौरसिया, सन्तोषी महतो,संजय सरार्फ,लोकेश कर्ण ,राज साहलगायतको सक्रिय सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण विद्यार्थी जिल्ला अध्यक्ष बिबेक कुमार झाले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पहिरोले बन्द मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउन समय लागने

थारु एक्सप्रेस

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलको भ्रमण गर्नेको संख्यामा बृद्धि

थारु एक्सप्रेस

थारु युवा सभाको पहिलो जिल्ला अधिवेशन सम्पन्न….

थारु एक्सप्रेस