TharuExpress
समाचार

काठमाण्डौ उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ

काठमाण्डौ ७ भाद्र   – काठमाण्डौ उपत्यकामा सडक अवरोध गराउँदै हिँडेका १८ जना पक्राउ परेका छन् । उनीहरुलाई नयाँ बानेश्वर, कोटेश्वरलगायत उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक र गाडी  चलाउन समस्या नहोस् भन्नका लागि सडकमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । प्रहरीले ढुक्क भएर गाडी चलाउन  आग्रह गरेको छ ।  अहिले उपत्यकामा सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा प्रहरीको बाक्लो उपस्थिति छ । छोटो दूरीका गाडी सामान्य रुपमा चलिरहे पनि लामो दूरीका गाडी भने फाट्टफुट्ट मात्रै चलिरहेका छन् ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बन्द आह्वान गरेको छ । बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।

content left

ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) ले एमसीसी सम्झौता खारेज र महँगी नियन्त्रणलगायतका माग राखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्तरीय गणित शिक्षक प्रशिक्षण कार्यशाला कार्यक्रम शनिबार सम्पन

थारु एक्सप्रेस

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज

थारु एक्सप्रेस

श्याम प्रसाद गुप्ताद्वारा बिर्ता सोमबार घरदैलो कार्यक्रम सम्पन

थारु एक्सप्रेस