TharuExpress
Uncategorized मुख्य समाचार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैंका लागि करिब ३ हजार खसीबोका र च्याङ्गा ल्याउने

 काठमाडौं ९   भाद्र    : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैंका लागि करिब ३ हजार खसीबोका र च्याङ्गा ल्याउने भएको छ।

 

कम्पनीले यस वर्ष २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले  जानकारी दिइन्।

खसीबोका र च्याङ्ग्राको बिक्री भने घटस्थापनाको भोलिपल्टदेखि गर्ने उनले बताइन्।  त्यसका लागि एक दुई दिन अगाडि नै खसी बोका काठमाडौं ल्याइने तयारी थालिसकेको छ। तयारीस्वरूप खाद्यले बजारमा खसी–बोकाको खोजी गर्न र मोलमोलाई हेर्न सम्बन्धित क्षेत्रका कर्मचारीहरु खटिएका छन्।

खसीबोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यस वर्षको दसैंका लागि करिब ६ करोड ४० लाख रुपैयाँ बराबरको खसी बोका र च्याङ्गा ल्याइने योजना पास गरिएको सुवेदीले जानकारी दिइन्।

योजना आज भोलिमै बोर्डबाट पास भएर कार्यान्वयनमा जाने उनको भनाइ छ। गत वर्ष खुल्ला बजारमा प्रतिकेजी ६५० रुपैयाँसम्म खसी–बोकाको बिक्री हुँदा कम्पनीले प्रतिकेजी (१० रुपैयाँ कम गरी ६४० रुपैयाँमा नै उपलब्ध गराएको थियो।

यस वर्ष खसी–बोका र च्याङ्ग्राको मूल्य बढ्न सक्ने कम्पनीको अनुमान छ।

 

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

ठोरी–५ मा श्रम संस्कृति पार्टीको पर्सा जिल्ला भेला सम्पन्न

थारु एक्सप्रेस

स्वमसेविका दिवसको अवसरमा सखुवाप्रसौनी गाउँपालिकामा प्रतियोगिता गरि दिवस मनाए

थारु एक्सप्रेस

बाली बिमाको रकम नपाएपछि बाराको किसानहरु आन्दोलनमा उत्रिए

थारु एक्सप्रेस