TharuExpress
समाचार

२२ किलो ८ सय २० ग्राम गाँजासहित तीन जना पक्राउ

वीरगंज , भाद्र २

अजित धामी

 

सर्लाहीमा प्रहरीले २२ किलो ८ सय २० ग्राम गाँजासहित दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

 

content left

प्रहरीले महेन्द्र राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुरबाट उनीहरूलाई पक्राउ गरेको हो । हरिवन नगरपालिका–डाबरीबाट मधेस प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोमा गाँजा लिएर लालबन्दीतर्फ आउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अटो चालक हरिवन नगरपालिका–घुर्कौलीका ३० वर्षीय सुशील साह तथा अटोमा सवार २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार अटोमा पाँचवटा पोकामा राखिएको २२ किलो ८ सय २० ग्राम गाँजा बरामद भएको हो ।

 

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

माथिल्लो त्रिशूली–१ बाट चिनियाँ नागरिकको जीवितै उद्धार

थारु एक्सप्रेस

बिल विजक भन्दा बढि अवैध रुपमा भन्सार छलेर लैजादैं गरेको माल समान सहित एक ट्रकप्रहरीको नियन्त्रणमा

थारु एक्सप्रेस

ठोरी गाउँपालिकामा इन्धनमा १ करोड ८ लाख खर्च, योजनागत बजेट र निर्णयबिनै भुक्तानी

थारु एक्सप्रेस