पुनम पर्सा सोमबार १६ आज सावन महिनाको तेस्रो सोमबार ब्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ l तेस्रो सोमबार अलखियामठ लगायत शिव मन्दिरहरुमा बिहानै देखि दर्शनार्थी को घुइँचो लागेको छ l अघिल्ला दुई बर्ष कोरोनाको कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि अलखियामठ लगायत मन्दिरहरु बन्द थिए । यसबर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् । सावन महिनामा हरियो चुरा,मेहदी ,नंगपोलिश कॉस्मेटिक जस्ता सामान को ब्यापार बढेको छ l
प्रतिक्रिया लेख्नुहोस
