TharuExpress
Uncategorized

जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अमित कुमार गिरी हाजिर

जिराभवानी ६ पौष ।
पर्साको जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ।
सामान्य प्रशासन मन्त्रालयको मंसिर २९ गतेको पत्रअनुसार कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीलाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको थियो भने जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरिएको थियो।
तर जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले प्रमुख प्रशासकीय अधिकृत गिरीलाई कुनै पनि शर्तमा हाजिर हुन नदिने उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो। अधिकृत गिरी शुक्रबार हाजिर हुन आउने सूचना पाएपछि गाउँपालिकाको कार्यालयका सम्पूर्ण कक्षको साँचो अध्यक्ष चौधरीले आफ्नो नियन्त्रणमा लिएको एक जना कार्यपालिका सदस्यले जानकारी दिएका छन्।
यसैबीच, गाउँपालिका उपाध्यक्ष रेखा चौधरीको नेतृत्वमा कार्यालयको “बी” ब्लकमा रहेका कक्षहरूको ताल्चा फोडी कृषि शाखाको कक्षलाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष बनाइएको थियो। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत गिरीलाई फूलमाला र खादा ओढाई स्वागत गरिएको थियो।
स्वागत कार्यक्रममा वडाध्यक्षहरू महादेव प्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, लेखा तथा प्राविधिक शाखाका कर्मचारीहरू तथा विभिन्न वडाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बारामा प्रहरी र डाँकाबीच भिडन्त

थारु एक्सप्रेस

नीजि विधालयमा अध्ययनरत विधार्थीका अभिभावकहरु आफनो समस्या लिएर वीरगन्ज महानगरपालिकाको कार्यालयमा जादा सुरक्षाकर्मीले अवरोध गरेपछि केहि बेर सामान्य तनाव

थारु एक्सप्रेस

पर्सा–४ मा रमेश रिजालप्रति मुस्लिम समुदायको समर्थन

थारु एक्सप्रेस