पोखरिया पुस ७ ।
पोखरिया नगरपालिकाले अत्यधिक चिसो र प्रतिकूल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालय पोखरिया, पर्साले जारी गरेको सूचनाअनुसार नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा मिति २०८२ पुस ८ गते मंगलबारदेखि पुस ११ गते शुक्रबारसम्म पठन–पाठन बन्द रहनेछ।
सूचनामा उल्लेख भएअनुसार पुस १३ गते आइतबारदेखि विद्यालयहरू तोकिएको समयमै नियमित रूपमा कक्षा सञ्चालन हुनेछन्। नगरपालिकाले विद्यालय बन्दसम्बन्धी जानकारी सबै विद्यालय व्यवस्थापन, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई अवगत गराएको छ।
पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहानद्वारा हस्ताक्षरित सूचनामा चिसोका कारण बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यो निर्णय गरिएको जनाइएको छ।
चिसो बढेपछि पोखरिया नगरपालिकाका विद्यालय पनि ४ दिन बन्द
प्रतिक्रिया लेख्नुहोस
