TharuExpress
Uncategorized

हरियाली प्रवर्द्धनसँगै विद्यार्थीमा वातावरण संरक्षणको चेतना जगाउँदै लायन्स क्लब वीरगञ्ज गेटवे, विद्यालय परिसरमा ५५ बिरुवा रोपण

संजय दास थारु, वीरगंज २१ भदौ

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विद्यार्थीहरूमा वृक्षारोपणको महत्वबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले लायन्स क्लब अफ वीरगञ्ज गेटवेले वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

content left

वीरगञ्ज महानगरपालिका–१४ स्थित कुल्लिया उम्मे कुल्सुम लिल्बनात कन्या माध्यमिक विद्यालयको परिसरमा आइतबार आयोजित कार्यक्रममा विभिन्न प्रजातिका गरी कुल ५५ वटा बिरुवा रोपिएको हो। तीमध्ये ४५ वटा अशोकका बिरुवा रहेका छन्।

लायन्स क्लब वीरगञ्जका अध्यक्ष तथा समाजसेवी प्रकाश उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एरिया अध्यक्ष सुनील गुप्ता, सचिव कपिलदेव तिवारी, कोषाध्यक्ष विरेन्द्र आर्य, वकिल रौनियार, फैयाज आलम, इन्जिनियर श्याम बाबु प्रसाद, विद्यालयका प्रधानाध्यापक साबिर अहमद एराज, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कासिम अन्सारी, पूर्व अध्यक्ष अजमत आरा, समाजसेवी लतिफुर रहमान, रफिक अन्सारी, अनवर रिजवान, प्रभाकर जैसवाल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका शिक्षिका रोशन आरा, सलमा खातुन, अपसर आलम, नुरजहा बेगम लगायत शिक्षक–शिक्षिकासहित कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। विद्यार्थीहरूले समेत उत्साहपूर्वक वृक्षारोपणमा सहभागिता जनाउँदै विद्यालय परिसरलाई हरियाली बनाउने अभियानमा साथ दिएका थिए।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष तथा समाजसेवी प्रकाश उपाध्यायले वातावरणीय असन्तुलन तथा बढ्दो प्रदूषणका कारण मानव जीवन र प्रकृतिमा चुनौती थपिँदै गएको अवस्थामा वृक्षारोपण महत्वपूर्ण अभियान भएको बताए।

उनले “वृक्षारोपण गरौं, वातावरण बचाऔं” भन्ने नारालाई व्यवहारमा उतार्न सबै नागरिकलाई आ–आफ्नो क्षेत्रमा बिरुवा रोप्न र रोपिएका बिरुवाको संरक्षण गर्न आग्रह गरे। बिरुवा रोपेर मात्र अभियान पूरा नहुने भन्दै उनले त्यसको नियमित हेरचाह, संरक्षण र सम्बर्द्धनमा समेत विशेष ध्यान दिनुपर्ने बताए।

विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गर्नुको उद्देश्य विद्यार्थीहरूलाई सानै उमेरदेखि वातावरण संरक्षणप्रति जिम्मेवार र सचेत बनाउनु रहेको उपाध्यायले बताए। उनले विद्यार्थीहरूमा प्रकृति तथा वातावरणप्रतिको अपनत्व विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सहभागी अतिथि, विद्यालय परिवार, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूलाई धन्यवाद दिँदै अध्यक्ष उपाध्यायले आगामी दिनमा पनि वातावरण संरक्षण तथा सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

लायन्स क्लबको यस अभियानले विद्यालय परिसरमा हरियाली बढाउनुका साथै विद्यार्थी तथा स्थानीय समुदायमा वातावरण संरक्षण र वृक्षारोपणको सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो सुचारु

थारु एक्सप्रेस

ठोरीमा पर्यटकको चाप बढ्दो, आन्तरिक तथा भारतीय पर्यटकको आगमन उल्लेखनीय

थारु एक्सप्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्रबाट किसानले अधिकतम लाभ लिनुहोस् : मन्त्री परियार

थारु एक्सप्रेस