TharuExpress
समाचार

सरकारी गाडीमा क्यासिनो पुगेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव पक्राउ

वीरगञ्ज , भदौ २१

ओम प्रकाश चौधरी

पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन प्रयोग गरी वीरगञ्जस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन्।

 

गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनो परिसरबाट वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले यादवलाई नियन्त्रणमा लिएको हो। प्रहरीले क्यासिनो परिसरबाट गाउँपालिकाको सरकारी सवारीसाधन ना.१ झ १६८७ नम्बरको स्कोर्पियो समेत नियन्त्रणमा लिएको जनाएको छ।

 

सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी गाडीसहित क्यासिनो परिसरमा भेटिएपछि यादवलाई सवारीसाधनसहित वडा प्रहरी कार्यालय श्रीपुरमा ल्याइएको प्रहरीले जनाएको छ।

 

यादवलाई नियन्त्रणमा लिएपछि सरकारी सवारीसाधन प्रयोगको विषय, क्यासिनोमा उनको उपस्थितिको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

जमुनी खोलादेखि फोरलेनसम्म नदीजन्य पदार्थको दोहन, दैनिक ५०–६० ट्र्याक्टर निकासी

थारु एक्सप्रेस

निर्माणाधीन कल्भर्टको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

थारु एक्सप्रेस

घन्टाघरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस