वीरगञ्ज , भदौ २०
अर्जुन चौधरी
रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र दक्षिण कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–१ आयोजनामा ठूलो क्षति पुगेको थियो। बाढीपछि आयोजनाको सुरुङलगायत क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको थियो।
उद्धार गरिएका चिनियाँ नागरिकको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।चौधरी
प्रतिक्रिया लेख्नुहोस
