TharuExpress
मुख्य समाचार समाचार

पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु

पर्सा ५ मंसिर पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु भएको छ । बिहान १० बजे देखि मत गणना सुरु गर्न भनिएपनी करिब अढाई घण्टा ढिलो गरि सुरु गरिएको पर्सा १ का मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताउनु भयो ।

४ वटा निर्वाचन क्षेत्र भएको पर्साको १ र २ को मतगणना कार्य सुरु गरिएको उहाँले बताउनु भयो । निर्वाचन क्षेत्र नं. १ तर्फ १(क) मा चोर्नि र १(ख) मा नगवाको मतपेटिका खोलिएको छ भने क्षेत्र नं. २ तर्फ २(क) मा पर्सागढीको वडा नं. १ र २ को र २(ख) को बहुदरमाई नगरपालिकाको वडा नं. २ को मतपेटिका खोलिएको उहाँले जानकारी दिनु भयो ।

मतदान सकेसङ्गै क्षेत्र नं. १ र २ दुबैको मतपेटिका हिजो बेलुका ६:३० बजे सम्म वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा पुगिसकेको थियो ।

content left

दल एवं उम्मेदवारहरुको प्रतिनिधि पास कार्ड बनाउन विलम्ब भएकोले तोकेको समयमा मतगणना सुरु हुन नसकेको अधिकृत पोखरेलले बताउनु भयो ।

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगंज महानगरलाई नौ बैंकद्वारा ९ थान कम्प्युटर सहयोग

थारु एक्सप्रेस

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

थारु एक्सप्रेस

महतिनिया माईको ऐलानी जग्गा अतिक्रमण रोक्न भवानीपुरवासीको ज्ञापनपत्र

थारु एक्सप्रेस