TharuExpress
समाचार

साउनको पहिलो सोमबार भाथाधाममा भक्तजनको घुइँचो, बिहानैदेखि बाबा दुधेश्वरनाथमा जल अर्पण

वीरगञ्ज । साउन महिनाको पहिलो सोमबारका अवसरमा पर्साको पेटर्वा सुगौली गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा दर्शन तथा जल अर्पण गर्ने भक्तजनहरूको बिहानैदेखि ठूलो घुइँचो लागेको छ।

भाथाधामका स्थानीय अजित धामीका अनुसार आज बिहानैदेखि नेपालका विभिन्न जिल्ला तथा भारतको बिहारलगायत सीमावर्ती क्षेत्रबाट आएका हजारौं श्रद्धालुहरू मन्दिर परिसरमा पुगेका छन्। भक्तजनहरूले ‘बोलबम’ को जयघोष गर्दै सोता नदीमा स्नान गरी गङ्गाजल बोकेर पहाडमाथि अवस्थित बाबा दुधेश्वरनाथ महादेवको मन्दिरमा जल अर्पण गरिरहेका छन्।

धार्मिक विश्वासअनुसार साउन महिनाभरि भगवान् शिवलाई जल चढाई पूजा–आराधना गरे मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यही आस्थाका कारण प्रत्येक वर्ष साउन महिनाभर भाथाधाममा नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु दर्शनका लागि आउने गरेका छन्।

content left

मन्दिर व्यवस्थापन समितिका अनुसार साउन महिनाभर भाथाधाममा धार्मिक मेला सञ्चालन हुनेछ। विशेषगरी साउनका सोमबारहरू तथा वैशाख महिनाको त्रयोदशी (तेरस) का अवसरमा यहाँ लाखौं श्रद्धालुको उपस्थिति रहने परम्परा रहेको छ।

भाथाधामको धार्मिक महत्वसँगै मन्दिर परिसर नजिकै बग्ने सोता नदी, हरियालीले ढाकिएका पहाड तथा प्राकृतिक सौन्दर्यले पनि तीर्थस्थलको आकर्षण बढाएको छ। भक्तजनहरू श्रद्धा, भक्ति र उत्साहका साथ भगवान् शिवको आराधनामा सहभागी हुँदै जल अर्पण गरिरहेका छन्।

साउन महिनाको पहिलो सोमबार भाथाधाममा देखिएको भक्तजनको उल्लेखनीय उपस्थिति यस क्षेत्रको धार्मिक आस्था र सांस्कृतिक महत्वको जीवन्त उदाहरण बनेको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

घन्टाघरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा भार्तिय प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद

थारु एक्सप्रेस

नारायणी अस्पतालबाट चोरी भएको बच्चासहित महिला पक्राउ

थारु एक्सप्रेस