TharuExpress
समाचार

थारु समुदायलाई श्री गहवा माई रथ यात्रामा सहभागिताका लागि औपचारिक निमन्त्रणा

वीरगञ्ज, असार १७ । श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले पर्सा, बारा र रौतहटका थारु नागरिक समाजलाई आगामी असार २९ गते बिहीबार आयोजना हुने श्री गहवा माईको ऐतिहासिक रथ यात्रामा सहभागिता जनाउन औपचारिक निमन्त्रणा दिएको छ।

समितिले जारी गरेको निमन्त्रणापत्रमा वीरगञ्जको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको श्री गहवा माईको विशाल रथ यात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्न लागिएको जनाएको छ।

समितिका अनुसार वीरगञ्जको धार्मिक आस्था र ऐतिहासिक पहिचानसँग जोडिएको यस गरिमामय रथ यात्रामा थारु समुदायको विशेष योगदान रहँदै आएको छ। थारु समुदायको समृद्ध कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानले रथ यात्रालाई अझ आकर्षक र जीवन्त बनाउँदै आएको उल्लेख गर्दै समितिले यस वर्ष पनि मौलिक भेषभूषा, परम्परागत सांस्कृतिक झाँकी तथा बाजागाजासहित सहभागिता जनाई रथ यात्राको शोभा बढाइदिन हार्दिक आग्रह गरेको छ।

content left

समितिले थारु समुदायको अतुलनीय सांस्कृतिक पहिचान र आत्मीय सहभागिताले रथ यात्रालाई थप भव्य, सभ्य तथा ऐतिहासिक बनाउने विश्वास व्यक्त गरेको छ।

समितिका अनुसार रथ यात्रा असार ३२ गते बिहीबार बिहान ७:३० बजेदेखि श्री गहवा माई मन्दिर प्राङ्गण, वीरगञ्जबाट प्रारम्भ हुनेछ।

श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले थारु नागरिक समाजसहित सबै सरोकारवालाको सक्रिय सहभागिता र अमूल्य सहयोगबाट रथ यात्रालाई सफल बनाउन आह्वान गरेको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

सरकारी गाडीमा क्यासिनो पुगेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव पक्राउ

थारु एक्सप्रेस

नेपाल आदिवासी जनजाति महासघ पर्सा जिल्ला समन्वय परिषद द्वारा २९औं आदिवासी जनजाती दिवस मनाइयो ………

थारु एक्सप्रेस

बिल विजक भन्दा बढि अवैध रुपमा भन्सार छलेर लैजादैं गरेको माल समान सहित एक ट्रकप्रहरीको नियन्त्रणमा

थारु एक्सप्रेस