TharuExpress
Uncategorized

गायक प्रशान्त तामाङको निधन

२७ पुस।
नेपालीभाषी गायक तथा इण्डियन आइडलका विजेता प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार भारतको नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय समाचार संस्था आजतकका अनुसार तामाङको हृदयघातका कारण मृत्यु भएको हो।
नेपाली संगीत क्षेत्रमा विशेष पहिचान बनाएका तामाङले दर्जनौँ लोकप्रिय नेपाली गीत गाएका थिए। साथै उनले केही नेपाली चलचित्रमा समेत अभिनय गरेका थिए। भारतीय टेलिभिजन रियालिटी शो इण्डियन आइडलको उपाधि जितेपछि उनी नेपाल तथा भारतमा व्यापक रूपमा चर्चित बनेका थिए।
उनको आकस्मिक निधनको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रशंसक, कलाकार तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

दुधेश्वरनाथ मन्दिरको २०औँ साधारण सभा : पर्यटन विकासको खाका, होमस्टेदेखि केवलकारसम्म पूर्वाधार विस्तारमा जोड

थारु एक्सप्रेस

जगरनाथपुरमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न सन्थी मावि प्रथम, मसिहानी द्वितीय

थारु एक्सप्रेस

ठोरीमा पर्यटकको चाप बढ्दो, आन्तरिक तथा भारतीय पर्यटकको आगमन उल्लेखनीय

थारु एक्सप्रेस