TharuExpress
Uncategorized

पर्सामा साढे तीन कठ्ठामा लगाइएको अवैध गाँजा फडानी

पटेर्वासुगौली ७ पुस।
पर्सा प्रहरीले जिल्लाका दुई स्थानमा लगाइएको अवैध गाँजा फडानी गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा १५ जनाको टोलीले गाँजा फडानी गरेको हो।
जिराभवानी गाउँपालिका–५ हरैयास्थित भलुवाही खोलाको बगरमा करिब १ कठ्ठा तथा पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवास्थित करिब २.५ कठ्ठा जमिनमा लगाइएको गरी जम्मा ३.५ कठ्ठा क्षेत्रफलमा रहेका करिब ७ हजार ५०० वटा अवैध गाँजाका बोट फडानी गरी सोही स्थानमै नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बीरगंजको स्वीमिङ्गमा माघी खिचडी कार्यक्रमको तैयारी पूरा

थारु एक्सप्रेस

जिराभवानी–२ सेढवामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन

थारु एक्सप्रेस

बारामा प्रहरी र डाँकाबीच भिडन्त

थारु एक्सप्रेस