TharuExpress
समाज

पर्सा वीरगञ्जमा माघी (खिचडी) २०८२ का लागि नयाँ समिति गठन

पौष ३ वीरगञ्ज ।
पर्सा जिल्लाको वीरगञ्जमा माघी (खिचडी) पर्व २०८२ लाई व्यवस्थित र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

२०८१ पुस २ गते वीरगञ्जमा सम्पन्न भेलाबाट माघी (खिचडी) मूल समारोह समिति २०८२ गठन गरिएको हो। भेलाले जङ्गबहादुर चौधरीलाई संयोजक (सभापति) चयन गरेको छ। त्यस्तै, शम्भु महतो चौधरी उप–संयोजक तथा मनोजा चौधरी सह–संयोजकमा चयन भएका छन्।

समितिमा नागरिक समाज, युवा, किसान, शिक्षा क्षेत्र तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूलाई समेट्दै २० सदस्यीय समिति गठन गरिएको छ।

content left

नवगठित समितिले माघी पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम, परम्परागत खानपान, भेषभूषा प्रदर्शन तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्ने कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।

समितिले माघी पर्वलाई थारू समुदायको पहिचान, संस्कृति र एकताको प्रतीकका रूपमा मनाइने बताएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सामा चट्याङ लागेर एक बालकको मृत्युु,तीन जना घाइते

थारु एक्सप्रेस

पोखरीया नगरपालिकाका वडा नं १ का पूर्व वडा अध्यक्ष बंका राउत कुर्मीसहित सयौं जनाले गरे एमालेमा प्रवेश

थारु एक्सप्रेस

सिमरामा क्रियटिभ प्रथम जीतपुरसिमरा भेट्रान कप प्रतियोगिता हुने

थारु एक्सप्रेस