TharuExpress
समाज स्थानिय

पोखरीया नगरपालिकाका वडा नं १ का पूर्व वडा अध्यक्ष बंका राउत कुर्मीसहित सयौं जनाले गरे एमालेमा प्रवेश

 

कार्तिक २८ नीलमचौधरी/ पोखरीया नगरपालिकाका वडा नं १ का पूर्व वडा अध्यक्ष बन्का राउत कुर्मीसहित सय जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । कुर्मी तत्कालिन लोसपा नेपालबाट ०७४ सालको निर्वाचनमा पोखरीया नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा निर्वाचित भएका थिए उनी लोसपा नेपाल पार्टी पर्साका एक प्रभवशाली नेताका रूपमा पनि परिचित नेता हुन । उनी सँगै आज नेपाली कांग्रेस पार्टी र माओवादी केन्द्रका सय जना नेता तथा कार्यकर्ताहरु पनि पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस पार्टी परित्याग गरी प्रमा साह , जसपा पार्टीका रूपनारायण कुर्मी , किसन ठाकुर , चन्द्रभुशन पटेल , भिखारी साहको नेतृत्वमा सय जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले पोखरीया नगर कमिटीको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पूर्ण नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले अबीर खाँदा लगाई पार्टीमा स्वागत गरेका हुन । उक्त कार्यक्रममा नेकपा एमाले पोखरीया नगर कमिटी अध्यक्ष विद्याचल ठाकुर , प्रदेश कमिटी सदस्य एवं पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहान , राष्ट्रिय युवा संघ नेपाल पर्सा अध्यक्ष मोहमद निजाम , नेता राजेश रौनियार , सन्तोष गिरी , रवि गुप्ता लगायतको उपस्थिति रहेको थियो।
content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

लागुऔषधविरुद्ध सचेतना फैलाउन वीरगञ्जमा नेपाल–भारत मैत्री युवा संघको जनचेतना अभियान

थारु एक्सप्रेस

बिल विजक भन्दा बढि अवैध रुपमा भन्सार छलेर लैजादैं गरेको माल समान सहित एक ट्रकप्रहरीको नियन्त्रणमा

थारु एक्सप्रेस

पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११श्रिपुर टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बिहिबार घरदैलो कार्यक्रम गरे

थारु एक्सप्रेस