TharuExpress
Uncategorized मुख्य समाचार

लामो समयदेखि पानी नपर्दा ग्रामीण भेगमा खडेरी, भूमिगत सिचाई महंगो हुदा किसान चिन्तित

 

 

सेढवा ४ भदौ/ओमप्रकासचौधरी
लामो समयदेखि बर्षा नभएको कारण ग्रामीण भेगमा खडेरी लाग्न थालेका छन। यस क्षेत्रका किसानहरुले लगाएका बर्षेवाली खडेरीका कारण मर्न थालेका गुनासो गरेका छन। खेतमा सिचाईको आभावको कारण जमिनमा ४/६ इन्ण गहिरो सम्म चिरा.परेका किसानहरुले जनाएका छन। रोपाई भएको एक देखि डेढ महिना बिति सकेका र समयमा सिचाई व्यवस्था कम हुदा बालीको बृद्धि तथा बिकास नै रोकिएको किसानहरुले जनाएका छन। बालीको बृद्धि तथा बिकासका लागि सिचाई गरि दोस्रो यूरिया रासायनिक मल , जाइम, तथा जिक लगायतका सामग्री मिसाएर छर्ने गरिन्छ। तर बर्षा नभएका तथा प्रयाप्त मात्रामा यूरिया मल उपलब्ध नहुदा किसानहरु चिन्तामा परेका जनाएका छन।

 

content left

 

यता ठोरी गाउपालिकाको बिजयबस्ती, गोपी बस्ती सुवर्णपुर.लगायतका क्षेत्रमा लगाइएको हर्दिनाथ तथा हाईब्रेड लगायतका प्रजातीका धान बालीको बाला निस्किने समयमा सिचाईको अभावमा बाली नष्ट हुने अवस्थामा पुगेका किसानहरुले गुनासो गरेका छन। सिचाई अर्को साधन कुलो बाध तथा कुल़ोको पानी कम हुने.भएकाले धानबालीको उत्पादनमा ह्रास हुने अनुमान गरिएका छन। भूमिगत सिचाई अन्तर्गत दमकलबाट सिचाई गर्दा पेट्रोलियम पदार्थको मूल्य आकाशिएका कारण किसानहरु आर्थिक संकटमा परेका गुनासा रहेका छन। यसका साथै यस क्षेत्रमा रहेका पेट्रोल पम्ममा डिजेल नपाउदा झनै समस्या परेका छन। भारतीय बजारमा इन्धनको मूल्ध बढि भएका समयमा तस्करीका लागि पम्पका संचालकहरुले सधै डिजेल राखेको तर अहिले किसानलाई आवश्यक परेका बेला डिजेल नराखेको किसानको भनाई रहेका छन।

प्रतिक्रिया लेख्नुहोस

Related posts

नीजि विधालयमा अध्ययनरत विधार्थीका अभिभावकहरु आफनो समस्या लिएर वीरगन्ज महानगरपालिकाको कार्यालयमा जादा सुरक्षाकर्मीले अवरोध गरेपछि केहि बेर सामान्य तनाव

थारु एक्सप्रेस

सरकारद्वारा पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

थारु एक्सप्रेस

प्रेम गरेकै कारण गाऊ निकाला

थारु एक्सप्रेस