पर्सा फाल्गुन २१पुनम चौधरी /पटेर्वा सुगौली गाउपालिका वडा न.२ मा वर्षौ देखि हातले दुना टपरी बनाई बेचेर आमदनी गरीरहेको महिलाहरुको समूहलाई पटेर्वा सुगौली गाउपालिका को अध्यक्ष दिनेश चौधरीको पहलमा गाउपालिका बाट दूना टपरी बनाउने मेसिन सहयोग गर्नु भएको छ l महिलाहरुको आमदनी वृद्धि गर्ने र महिलाहरुको जीवन स्तर बिकास गर्ने उदेशले पबित्र दुना टपरी बनाउने समूहलाई मेसिन सहयोग गरिएको पटेर्वा सुगौली गाउपालिका की उपाध्यक्ष ममता महतो बतानु भयो l
गाउपालिका बाट मेसिन दिए पछि उनिहरुको आमदनी दोबरले वृद्धि हुने बिश्वास बेक्त गरेका छन l दुई रुपया मा बिक्री भैरहेको दुना टपरी अब चार रुपया मा बिक्री हुने र दिन भरिमा सय दुना टपरी बनाउने महिलाले अब मेसिनको प्रयोगले दुई सय जति दुना टपरी बनाउने गाउपालिका की उपाध्यक्ष ममता मह्तोले बताए की छीन l गापलिका का अध्यक्ष दिनेश चौधरीले एक कार्यक्रमको बिच दुना टपरी कृषि समूहलाई उक्त मेसिन हस्तान्तरण गरेका थिए l
