TharuExpress
मुख्य समाचार

तिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जना पक्राऊ

 

मकवानपुर मंसिर ४  –  हेटौँडामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान  हेटौँडा–१० बसपार्कमा रहेकाे नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयाे ।

content left

पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौँडा–१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य बाग्मती गाउँपालिका–४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौँडा–१० बस्ने  अजय गहतराज, हेटौँडा–११ बस्ने विकास लामा, बाग्मती गाउँपालिका–८ बस्ने  अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौँडा–८ बस्ने  वसन्त लामा रहेका छन् ।

उनीहरुलाई प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

दर्ताका लागि पहिलो दिन ६ वटा पार्टीले निर्वाचन आयोगमा निवेदन दिए

थारु एक्सप्रेस

पर्सामा चट्याङ लागेर एक बालकको मृत्युु,तीन जना घाइते

थारु एक्सप्रेस

आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान

थारु एक्सप्रेस