TharuExpress
मुख्य समाचार समाज स्थानिय

सरकारद्वारा पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

 

२ कात्तिक, काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।

content left

महाशाखाले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभिभावकलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि (कात्तिक ३ गते) खुवाउन सकिन्छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

प्रतिनिधि सभामा १ र प्रदेश सभामा ३ जना मात्र थारु उम्मेदवार

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाँउपालिकामा गएराती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

थारु एक्सप्रेस

नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिरगंज इकाई द्वरा शोक सभा कार्यक्रम समपन.

थारु एक्सप्रेस