TharuExpress
मुख्य समाचार समाज स्थानिय

छात्रालाइ यौन र्दुव्यवहार गर्ने अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँ पक्राऊ

 

 

 

 

वीरगन्ज, ०८ असोज : वीरगन्जको एक नीजी विधालयका शिक्षक , छात्रासंग यौनजन्य दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँलाइ प्रहरीले पक्राउ गरेको हो ।

content left

कक्षा ६ मा अध्ययनरत एक छात्राले आफुलाई  यौन दुव्र्यवहार गरेको गुनासो गरेपछि शिक्षक मियाँलाइ वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको हो ।

गत बुधबार पिडित छात्राले शिक्षक मियाँले विधालयमै आफुसंग आपत्तिजनक तरिकाले यौन दुव्र्यवहार गरेको कुरा आफना अभिभावकलाइ बताएकी थिइन् । त्यसपछि अभिभावकले उक्त घटना बारे प्रहरीलाइ खबर गरेका थिए । प्रहरीलाइ खबर गरिए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले शिक्षक मियाँलाइ नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरिले जानकारी दिए ।

अभिभावकले दिएको उजुरीको आधारमा असोज ५ गते नै मियाँलाई पक्राउ गरि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई बाल यौन दुव्र्यवहार मुद्धामा अनुसन्धान र कारबाही प्रक्रिया अगाडी बढाइएको गिरिले जानकारी दिए ।

 

पक्राउ परेका शिक्षक मियाँको स्थायी घर पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ५ मा भएपनि उनी वीरगन्जमा बस्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको ठोरी गाउँपालिका–७ का श्रीमान् श्रीमतीको ज्यान गयो

थारु एक्सप्रेस

पर्साको पटेर्वासुगौली गाँउपालिकाका सामुदायिक विधालयहरु आइतबार देखि एक हप्ता बन्द हुने

थारु एक्सप्रेस

स्वतन्त्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मतदाताहरुको घर घरमा  पुगि  रिक्सा छाप्मा भोट दीन आग्रह

थारु एक्सप्रेस