TharuExpress
शिक्षा स्थानिय

पर्साको पटेर्वासुगौली गाँउपालिकाका सामुदायिक विधालयहरु आइतबार देखि एक हप्ता बन्द हुने

पर्सा ,११ भदौं : पर्साको पटेर्वासुगौली गाँउपालिकाका सामुदायिक विधालयहरु आइतबार देखि एक हप्ता बन्द हुने भएका छन् ।आन्दोलनरत विधालय कर्मचारीहरुले भदौ १२ आइतबार देखि भदौ १८ गते सम्म सम्पूर्ण विधालयहरु बन्द गरिने जनाएका हुन् ।

सामुदायिक विधालयमा कार्यरत विधालय कर्मचारीहरु तलब भत्ता बृद्धि लगायत अन्य सेसवा सुविधाका लागि पटक पटक माग गर्दा पनि सरकारले आफुहरुको मागका बारे सुननुवाइ नगरेको भन्दै नेपाल विधालय कर्मचारी परिसद राष्ट्रिय समितिले देशको सबै सामुदायिक विधालय भदौ १२ गते देखी १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

 

 

त्यहि निर्णय अनुसार पटेर्वा सुगौली गाँउपालिकाका विधालयहरु पनि आइतबार देखि एक हप्ता बन्द गरिने पटेर्वासुगौली गाउँपालिका विधालय कर्मचारी परिषदका संयोजक केसराज दास थारुले बताए ।यसबारे गाउँपालिका कार्यालयलाई जानकारी गराईसकेको पनि उनले बताए ।

content left

यसैबिच विधालय कर्मचारीहरुको माग र आन्दोलन प्रति नेपाल राहत शिक्षक जिल्ला संघर्ष समिति , नेपाल शिक्षक संघ , नेपाल शिक्षक संगठन लगायतका शिक्षक संघसंगठनहरुले पनि एक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

घण्टाघरमा नि:शुल्क कपडा वितरण एवं होलिको शुभकामना आदानप्रदान ।

थारु एक्सप्रेस

सखुवाप्रसौनी गाउँपालिकामा नि: शुल्क अँखा जाँच  शिविर शनिबार सम्पन्न

थारु एक्सप्रेस

छठपर्व ब्रतालु महिलाहरूलाई साडी वितरण

थारु एक्सप्रेस