TharuExpress
समाज स्थानिय

मुख्य चाडपर्व नजिकिँदै गर्दाउपभोक्ता अधिकारकर्मीद्बवारा बाजरमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह

काठमाण्डाै  भाद्र ११ – मुख्य चाडपर्व नजिकिँदै गर्दा उपभोक्ता संरक्षण महासङ्घसहित उपभोक्ता अधिकारकर्मीले बजारमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेका छन् ।

 

 

 

नेपाली उपभोक्ता महासङ्घले गुणस्तरहीन खाद्यान्न, मूल्यवृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएको छ । अध्यक्ष चन्द्र साउदले नेपाली उपभोक्ता चौतर्फी रुपमा ठगिनु परेको भन्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

महासङ्घमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ सङ्घ आबद्ध छन् । यस्तै राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले मुख्य चाडपर्व तीज, दशैँ, तिहार छठको मौकामा कालोबजारी बढ्ने जोखिम रहेकाले बजार अनुगमनलाई कडाइ गरेर कारबाही प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उद्योगी व्यापारीले आम उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको भन्दै उहाँले अब अरु पसल तथा औषधि पसलमा समेत छापा मारेर कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरका परशुराम पाण्डेले व्यापारीले मानवीय स्वास्थ्यमाथि ठाडो खेलबाड गरेकोतर्फ सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।

 

अन्तिम अपडेट: भदौ ११, २०७९

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

नेपाल औषधी तथा बिक्री सघ बिरगंज एकाइ द्वारा ५४ औं स्थापन दिवस सम्पन्न…….

थारु एक्सप्रेस

जितिया पर्व को अवसरमा आज सार्बजनिक बिदा

थारु एक्सप्रेस

नेपाल हिन्द रेडियो स्रोतासंघ परिवार द्वरा होली मिलन समाहारोह कार्यक्रम भब्य रुपमा सम्पन

थारु एक्सप्रेस