पर्सा वीरगंज ८ फाल्गुन पुनम / कर्फ्युको कारण पर्साको वीरगंजमा मंगलबार पनि पूर्ण प्रभाव परेको छ l घंटाघर, माईस्थान, बीर्ता, छप्कैया लगायत चलपहल नरहेको देखिन्छ l औषधी पसल बाहेक कपडा पसल, भाडा कूड़ाको पसल सुन, चंदिको पसलहरु पूर्ण रुपमा बंद रहेको अवस्था मा रहेको छ l
कर्फ्युको करण सर्बसाधारण मारकामा परेका छन l गाडीहरु संचालनमा नआयका करण गंतब्यमा जान नसकेका र बाटो मै अलपत्र परेका छन l जिल्ला प्रशासन कार्यालय पर्साले एक सार्वजनिक सुचना जारी गरि वीरगन्ज महानगरपालिका क्षेत्रमा हिजो साँझ ५ देखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकाे हाे ।
अहिले जिल्ला प्रशासन कार्यालय मा सर्ब्दालीय बैठक बसिरहेको छ l राैतहटकाे ईशनाथ नगरपालिकाकाे मोतीपुरमा सरस्वतीकाे मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच पाँच दिनदेखी जारी विवादलाई लिएर वीरगन्जमापनि साेमबार दुई फरक धर्म समुदाय बिच ठाँउ ठाँउमा झडप भई स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएकाे पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए । मंगलबारपनि बिहानैदेखि वीरगन्जका चाेक चाेकमा ठूलाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
