TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

आज वीरगन्जमा हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द

७ फागुन,वीरगञ्ज । हिन्दु समाज असुरक्षित हुँदै गएको भन्दै बीरगन्ज बजार बन्द गरिएको छ । रौतहटसहित मधेश प्रदेशका फरकफरक ठाउँठाउँमा हिन्दूमाथि निरन्तर आक्रमण भइरहेको भन्दै हिन्दु समाजले बीरगन्जका मुख्य बजार आज बन्द गराएको हो ।

घण्टाघर, माइस्थान, आदर्शनगर, घडिअर्वा पोखरीसहित मुख्य सडकमा रहेका अधिकांश पसल बन्द गरिएको छ ।
हिन्दू समाजले जय श्रीरामको नारा लगाउँदै बजार ठप्प पारेका छन् । बीरगन्जका मुख्य बजारमा अहिले औषधी पसलबाहेकका अधिकांश पसल बन्द छन् ।

हिन्दू समाजका समर्थकहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेकोले बजार बन्द रहेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले जनाए ।
यसैबिच हिन्दू समाजले प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

content left

‘देशमा १५ वर्षदेखि हिन्दूमाथि आक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ, आफ्नै देशमा हिन्दू असुरक्षित छन् । अब प्रशासनले त्यस्तो व्यक्तिलाई कारबाही गरेन भने हामी हिन्दू समाजले त्यस्ता व्यक्तिलाई देश निकाला गर्छौ । अब धैर्य राख्ने क्षमता हामीसंग छैन्,’ ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापनपज्ञ बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ज्ञापनपत्र बुझाउनु प्रजातान्त्रिक प्रक्रिया भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

थारु एक्सप्रेस

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस

 धनुषामा छोराद्वारा आमा को हत्या

थारु एक्सप्रेस