TharuExpress
खेलकुद समाचार

जिराभवानीमा प्रथम भेट्रान कप हुँदै, विजेतालाई ५० हजार पुरस्कार

वीरगंज , असोज १०

 

 पर्साको जिराभवानी गाउँपालिका–२ सेढवास्थित मिनी रंगशालामा प्रथम जिराभवानी भेट्रान कप–२०८३ आयोजना हुने भएको छ । जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा समाज नेपाल, जिराभवानी–२ सेढवाको सहआयोजनामा प्रतियोगिता असोज २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने भएको हो ।

 

प्रतियोगिताबारे जानकारी दिन शनिबार जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीको अध्यक्षता तथा युवा समाजसेवी कृष्ण चौधरीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरिएको थियो ।

 

content left

पत्रकार सम्मेलनमा युवा समाजसेवी कृष्ण चौधरीले गाउँघरका युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने उद्देश्यले भेट्रान कप आयोजना गरिएको बताए । ४० वर्ष उमेर कटेका खेलाडीहरू मैदानमा उत्रिएर फुटबल खेल्दा नयाँ पुस्तामा समेत खेलप्रति रुचि र उत्साह बढ्ने उनले बताए ।

 

“खेलकुदले युवालाई अनुशासनमा राख्नुका साथै सकारात्मक गतिविधितर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेल्छ,” चौधरीले भने ।

 

प्रतियोगितामा १६ वटा भेट्रान क्लबलाई सहभागी गराउने लक्ष्य राखिएको छ । हालसम्म ११ वटा टोलीको सहभागिता सुनिश्चित भइसकेको जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीले जानकारी दिए । बाँकी टोलीको सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको उनले बताए ।

 

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी तथा उपविजेता टोलीले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

आयोजकका अनुसार प्रतियोगिताले ४० वर्षमाथिका खेलाडीलाई पुनः खेलमैदानमा सक्रिय गराउनुका साथै स्थानीय स्तरमा खेलकुदको वातावरण निर्माण गर्न र नयाँ पुस्तालाई फुटबलतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्साको क्षेत्र नम्बर १ को (ख) मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर ११श्रिपुर टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताले बिहिबार घरदैलो कार्यक्रम गरे

थारु एक्सप्रेस

एकै दिन जनमत पार्टीमा एक सय भन्दा बढी प्रवेश

थारु एक्सप्रेस

सितलहर बढेसगै पर्साको जिराभवानी गापा ३को दलित मुसहर टोलमा कम्बल बितरण

थारु एक्सप्रेस