TharuExpress
समाचार

जगरनाथपुरमा निःशुल्क आँखा शिविर, २६३ जना लाभान्वित.

बीरगंज ,असोज ७

अजित धामी

पर्साको जगरनाथपुर गाउँपालिका–४ मा आयोजित निःशुल्क आँखा शिविरबाट २६३ जना लाभान्वित भएका छन्। तिलगंगा हेटौँडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको सहकार्यमा शिविर सञ्चालन गरिएको हो।

content left

शिविरमा परीक्षण गरिएका २६३ जनामध्ये ६९ जनामा मोतियाबिन्दु देखिएको छ भने ५३ जनालाई आवश्यक औषधि तथा आँखा ड्रप उपलब्ध गराइएको आयोजकले जनाएको छ।

मोतियाबिन्दु भएका ६९ जनालाई असोज ७ गते हेटौँडा सामुदायिक आँखा अस्पताल लगेर निःशुल्क शल्यक्रिया गरिने र असोज ९ गते घर फर्काइने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

माघी मूल समारोह वीरगंजद्वारा माघी महोत्सव कार्यसमिति गठन….

थारु एक्सप्रेस

सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाउँपालिकाको १२ औ गाउँसभा सम्पन्न

थारु एक्सप्रेस