TharuExpress
समाचार समाज स्थानिय

पर्साको जिराभवानी गाउँपालिकाको १२ औ गाउँसभा सम्पन्न

मेघराज राय सावन १३ /     पर्साको जिराभवानी गाउँपालिकाको १२ औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यक्रम सार्वजनिक गरिएको छ झन्डै ३०करोड ३१लाख ४८हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले गाउँसभाबाट चालू आर्थिक वर्षको प्रगति विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि ३० करोड३१ लाख ४८हजार रुपैयाँको आय विवरणसहित बजेट पारित गरिएको हो । केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती गरेपछि जिराभवानी गापाको आगामी आवको बजेट पनि घटेको प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले बताए ।

गापा उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गरेकी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता, सीपमूलक कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गर्ने, सिंचाइ, खानेपानी, भौतिक संरचनालगायतका योजनाहरूमा विशेष जोड दिएको बताइन् । आगामी बजेटमा सङ्घ सरकारबाट वित्तीय समानीकरणमा ९ करोड ४२ लाख, सशर्त अनुदान पुजिगत ११करोड २४लाख, सङ्घीय सशर्त अनुदान पूँजीगततर्फ ९०लाख, विशेष अनुदान १करोड समपूरक अनुदान ५० लाख, राजस्व बाडफाड ५ करोड ४५ लाख विशेष अनुदान १ करोड प्राप्त भएको छ भने प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ६५ लाख ४८ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान २०लाख, सङ्घीय राजस्व बाँडफाँड ६ करोड ३१ लाख ४५ हजार, आन्तरिक स्रोत अनुमानित ५ करोड, २०७९/८० को नगद मौज्दात २ करोडलगायत गरी ३० करोड ३१लाख ४८ हजारको बजेट पारित भएको छ । प्रमुख अतिथि डा बालकृष्ण चौधरी बिशिस्ट अतिथि मधेस प्रदेश सभा सदस्य शंकरप्रसाद चौधरी तथा जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षाता भएको कार्यक्रममा जिराभवानी गाउँपालिका वार्ड नम्बर एक देखि पाचौ वार्ड अध्यक्षहरु लगायतले मन्तव्य राखेका थिए ।

 

सो कार्यक्रममा एक देखि पाँच नम्बर वार्डमा रहेका एक एकजना किसानहरुलाई किट्नासक छर्ने स्प्रे टंकी सहित समान गरेको थियो जिराभवानी गाउँपालिकामा रहेका स्कुलका एसईई पास भएका बिद्यार्थी छात्र छात्राहरुलाई ब्याग सहित समान गरेको थियो कार्यक्रममा जिराभवानी गापामा रहेका सनलाईट युवाकल्ब लाई नगद पाँच हजार सहित समान गरेको थियो सो कार्यक्रममा जिराभवानी गापामा रहेका कर्मचारी बुधिजिबी युवाहरुको उल्लेख उपस्थिति थियो

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

तेलि कल्याण समाजद्वारा स्वजातिय जनप्रतिनिधिहरुलाई सम्मान

ranjityadav

नेपाल औषधी तथा बिक्री सघ बिरगंज एकाइ द्वारा ५४ औं स्थापन दिवस सम्पन्न…….

थारु एक्सप्रेस

लागुऔषधविरुद्ध जनचेतना फैलाउन वीरगञ्जमा नेपाल–भारत मैत्री युवा संघको अभियान

थारु एक्सप्रेस