TharuExpress
समाचार

२२ किलो ८ सय २० ग्राम गाँजासहित तीन जना पक्राउ

वीरगंज , भाद्र २

अजित धामी

 

सर्लाहीमा प्रहरीले २२ किलो ८ सय २० ग्राम गाँजासहित दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

 

content left

प्रहरीले महेन्द्र राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१, नवलपुरबाट उनीहरूलाई पक्राउ गरेको हो । हरिवन नगरपालिका–डाबरीबाट मधेस प्रदेश ०३–००१ ह २४४५ नम्बरको अटोमा गाँजा लिएर लालबन्दीतर्फ आउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अटो चालक हरिवन नगरपालिका–घुर्कौलीका ३० वर्षीय सुशील साह तथा अटोमा सवार २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार अटोमा पाँचवटा पोकामा राखिएको २२ किलो ८ सय २० ग्राम गाँजा बरामद भएको हो ।

 

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने

थारु एक्सप्रेस

५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै

थारु एक्सप्रेस

पर्साको पर्सागढी नगरपालिका बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव फेला

थारु एक्सप्रेस