TharuExpress
धार्मिक

त्रिवेणीबाट जल उठाएर आदर्श कावरिया संघ पर्साद्वारा भाथाधाममा जलार्पण

वीरगंज , श्रावण २७

 

आदर्श कावरिया संघ पर्साले धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै त्रिवेणी धामबाट जल उठाएर पर्साको भाथाधाममा जलार्पण गरेको छ।

 

content left

पटेर्वासुगौली गाउँपालिकाअन्तर्गत रहेको आदर्श कावरिया संघका सदस्यहरू ८० वटा मोटरसाइकलमा १६० जना सहभागी भई बिहीबार त्रिवेणी धामतर्फ प्रस्थान गरेका थिए। त्रिवेणी धाम, लुम्बिनीबाट पवित्र जल उठाएर उनीहरूले सोमबार भाथाधामस्थित शिव मन्दिरमा जलार्पण गरेका हुन्।

 

हरेक वर्ष धार्मिक यात्रामार्फत त्रिवेणीबाट जल ल्याएर भाथाधाममा चढाउँदै आएको संघले यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिएको जनाएको छ।

 

यात्रामा संघका पूर्वअध्यक्ष राजेश्वर महतो थारु, कोषाध्यक्ष शम्भु प्रसाद थारु तथा सचिव बैजनाथ महतो लगायतको सहभागिता रहेको थियो। आयोजकका अनुसार धार्मिक यात्रामा करिब १६० जना सहभागी भएका थिए।

 

भाथाधाममा जलार्पण गर्दै सहभागीहरूले धार्मिक आस्था, सामाजिक एकता र आपसी सद्भाव कायम राख्ने सन्देशसमेत दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

जिराभवानी गाउँपालिका जंगल क्षेत्रमा रहेको सुगीभार माई को स्थान जीर्ण बन्दै

थारु एक्सप्रेस

अविरल वर्षाका बीच ऐतिहासिक बन्यो गहवामाईको चौथो रथयात्रा

थारु एक्सप्रेस

भोलीदेखि भक्तजनका लागि खुल्दै भाथा बाबा मन्दिर, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनमा स्थानीयको जोड

थारु एक्सप्रेस