TharuExpress
मुख्य समाचार समाचार

थारु समुदायले आयोजना गर्दै खिचडी (माघी) महोत्सव

वीरगन्ज,२८पुसःथारु समुदायको महान् चाड खिचडी (माघी) पर्वको उपलक्ष्यमा वीरगन्जमा माघ १ गते थारु माघी समारोह आयोजना गरिने भएको छ ।

आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर खिचडी (माघी) मूल समारोह समितिले माघ १ गते वीरगन्जमा खिचडी (माघी) पर्व भब्य रुपमा मनाउन लागिएको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा खिचडी (माघी) मूल समारोह समिति वीरगन्जका संयोजक प्रवीण कुमार चौधरीले माघ १ गते बिहान ११.३० बजे घण्टाघर चोकबाट थारु समुदायको संस्कृतिसहितको प्रभातफेरि सुरु भई आदर्शनगरको स्वीमीङ पूल परिसरमा पुग्ने , त्यहाँ थारु समुदायको संस्कृति झल्किने घाटो,समाचकेवा,झम्टा,थारु पूर्वी नाँच प्रदर्शन गरिने जानकारी दिए ।

content left

यस्तै कार्यक्रमस्थलमा थारुका खानाका परिकारहरु घोंगी,माछा, गंगटा,परेवा,हाँस र कुखुराको मासु,चिचर,तिल र भूजाको लड्डु लगायतको स्टलपनि राखिने जानकारी उनले गराए ।

त्यहि दिन साँझ वीरगन्जमा मोटरसाइकल ¥याली निकालेर घण्टाघर चोकमा दीप प्रज्वलन कार्यक्रमसमेत गरिने संयोजक चौधरीले जानकारी दिए ।

खिचडी (माघी) समारोह आयोजनामा थारु कल्याणकारीणी सभा,थारु नागरिक समाज,मेलमिलाप थारु परिवार,प्रकाश फाएनडेसन,थारु शिक्षक संघ,थारु विद्यार्थी समाज गरी ११ वटा संघसंस्थाको संलग्नता रहने जानकारीपनि उनले गराए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्कुल बससहित पाँच सवारीसाधन एकापसमा ठोकिदा १५ जना घाइते

थारु एक्सप्रेस

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

थारु एक्सप्रेस

समुदायक विधालय गढैयामा जनही चार सय रुपैयाका दरले छात्रबृति बितरण कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस