मंसिर १९ सृजनात्मक समाज फाउन्डेसन नेपाल र वीरगन्ज जेसिज २०२३ को अध्यक्ष जेसी अरविन्द श्रेष्ठ ज्यू तथा सृजनात्मक समाज फाउन्डेसन नेपाल को सल्लाहकार र वीरगन्ज जेसिज को पूर्व अध्यक्ष सिनेटर शेखर चौधरी ज्यू लाई पर्संगढी नगर पालिका को कार्यालय वडा नं. ८ को वडा अध्यक्ष लगायत वडा का दलित, अगुवा हरु ले सम्मान पत्र प्रदान गरी सम्मान गरेका छन् ।
पर्सा गढी नगरपालिका वडा नं ८ हरपुर मा दलित बालबालिकाहरुको लागि निःशुल्क ट्युशन कक्षा सञ्चालन गरी हाल सम्म सहयोग गर्दै आइरहेकोमा वीरगन्ज जेसिज तथा सृजनात्मक समाज फाउन्डेसन नेपालाई सम्मान गरिएको छ ।
यस कार्यक्रममा वीरगन्ज जेसिज को अध्यक्ष अरविन्द श्रेष्ठ,जेसिसको पूर्व अध्यक्ष तथा सृजनात्मक समाज फाउन्डेसन नेपाल को सल्लाहकार सिनेटर शेखर चौधरी सृजनात्मक समाज फाउन्डेसन नेपाल को अध्यक्ष चन्द्रकिशोर राम,श्सह सचिव ब्रह्म ननद नेपाली, सदस्य रुपचन राम ,भूपतिनद्रराम ,विनोद राम , ललन साह ,उपेन्द्र राम , दलित महिला सदस्य ममता देवी राम,लगायत का उपस्थिति हरु रहेका थिए ।
प्रमुख अतिथि सुन्दरी देवी थरुनी (वडा अध्यक्ष वडा न. ८ )वीरगन्ज जेसिज को अध्यक्ष अरविन्द तथा सृजनात्मक समाज फाउन्डेसन नेपाल ले आज कपी र कलम बितरण गरिएका छन् । निशुल्क ट्युसन कक्षा को अनुगमन पनि गरिएको छ ।
