TharuExpress
समाज स्थानिय

रौतहटको कटहरिया बजारमा चोरीको घटना दिन प्रति दिन बढ्दै

 

 

पर्सा११मंसिर /  रौतहटको कटहरिया बजारमा चोरीको घटना घटेको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बजार स्थित रहेको दुइ वटा पसलमा शनिवार राति चोरी भएको प्रहरीले जनाएको छ । राति करिब २ बजेको समयमा अज्ञात चोरले दुइ वटा घुमती पसल फोडी करिब ७६ हजार मूल्य बराबरको सामान चोरी गरेर लगेको छ ।
त्यस्तै त्यही ठाउँको वडा नम्बर ४ टोलापुर बस्ने रामदेव महतोको बजार स्थित काठको घुमतीको पटहा खस्काइ पसलमा रहेको फलामको खल ५ थान,तावा ७ थान प्लाष्टिको रस्सी ८ केजी र अन्य सामान गरी रु २१ हजारको सामान चोरी गरी लगेको छ ।
त्यसैगरी सोही ठाउँ बस्ने लालबाबु महतोको घुमती बाट तयारी सर्ट ,पैन्ट २५ थान र कपडा गरी करिब ५० हजार रुपैया बराबरको चोरी भएको पिडितले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

ranjityadav

 धनुषामा छोराद्वारा आमा को हत्या

थारु एक्सप्रेस

स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा मोटरसाइकल र रिक्सा रैली

थारु एक्सप्रेस