TharuExpress
समाज स्थानिय

रौतहटको कटहरिया बजारमा चोरीको घटना दिन प्रति दिन बढ्दै

 

 

पर्सा११मंसिर /  रौतहटको कटहरिया बजारमा चोरीको घटना घटेको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरिया बजार स्थित रहेको दुइ वटा पसलमा शनिवार राति चोरी भएको प्रहरीले जनाएको छ । राति करिब २ बजेको समयमा अज्ञात चोरले दुइ वटा घुमती पसल फोडी करिब ७६ हजार मूल्य बराबरको सामान चोरी गरेर लगेको छ ।
त्यस्तै त्यही ठाउँको वडा नम्बर ४ टोलापुर बस्ने रामदेव महतोको बजार स्थित काठको घुमतीको पटहा खस्काइ पसलमा रहेको फलामको खल ५ थान,तावा ७ थान प्लाष्टिको रस्सी ८ केजी र अन्य सामान गरी रु २१ हजारको सामान चोरी गरी लगेको छ ।
त्यसैगरी सोही ठाउँ बस्ने लालबाबु महतोको घुमती बाट तयारी सर्ट ,पैन्ट २५ थान र कपडा गरी करिब ५० हजार रुपैया बराबरको चोरी भएको पिडितले जनाएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

नारायणघाटबाट बीरगञ्जतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार १०जनाको मृत्यु, २५ जना घाइते

थारु एक्सप्रेस

पर्साको पर्सागढी नगरपालिका बढनियार स्थित पुन्त खोलामा एक महिलाको शव फेला

थारु एक्सप्रेस

कक्षा १२ काे नतिजा आज सार्वजनिक हुने

थारु एक्सप्रेस