TharuExpress
मुख्य समाचार

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र नेकपा एमाले विचको प्रतिष्पर्धा रोचक बन्दै

 

वीरगञ्ज, ७ मंसिर । पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र नेकपा एमाले विचको प्रतिष्पर्धा रोचक बन्दै गएको छ ।

मतगणनाको पहिलो २ दिनसम्म अग्रता लिएपछि तेस्रो दिन बिहान झिनो मतान्तरले पछाडि परेका नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले पुन: अग्रता लिएका छन् ।

content left

चौधरी अहिले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार गुप्ताभन्दा २सय २७ मतले अग्रता लिरहेका छन।

 

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मतगणनाको परिणामका अनुसार चौधरीले १२ हजार ६५७ मत पाएका छन् भने गुप्ताले १२ हजार ४३०मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

चाडपर्वको मौका छोपेर उपभोग्य वस्तु देखि लिएर घर सजावने समानमा मूल्य बृद्धि

थारु एक्सप्रेस

पर्साको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जिराभवानी मेला आइतबारदेखि एक साताको लागि लाग्दै

थारु एक्सप्रेस

पर्साको दोस्रो थारु औषधी बजार प्रतिनिधिको पिकअपको ठक्करले मृत्यु….

थारु एक्सप्रेस